काठमाण्डु, २३ साउन– आपसी विवादमा एक युवकले घाँटी थिचेर प्रेमिकाको हत्या गरेका छन् । बाराको डुमरवाना घर भएका आर्यन रन्जित भनिने इराज रुम्वाले प्रेमिका आशिका भनिने संगीता लामाको हत्या गरेका हुन् ।
घटनाको डेढ महिनापछि रुम्वालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बुधबार बाराबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत स्वयम्भुका प्रमुख डिएसपी पदम विष्टका अनुसार रंजितले गत असार ८ मा प्रेमिकाको हत्या गरेका थिए । संगीता र रंजित बाफलमा डेरा लिएर बस्दै आएका थिए ।
दुवै लागू औषध कारोबारी हुन् । दुवै विवाहित भएपनि आफ्ना श्रीमान र श्रीमती छाडेर उनीहर लिभिङ टुगेदरमा बस्दै आएका थिए ।
नयाँ पत्रिका दैनिकबाट