काठमाण्डु, २३ साउन–मांखा र राम्चे गाविसबाट खसेको चट्टान् पहाडले बस्ती उजाडिदिएको छ ।
शान्त बग्ने सुनकोसी धार बदलेर खहरेका रुपमा बहिरहेको छ । परिवारका सदस्य गुमाएका आफन्तले वियोगको पीडाले खुसी सबै लुटेको छ । पहिरोमा परेरर ज्यान गुमाउनेप्रति सम्झेर रुने आफन्तसमेत छैनन् ।
मांखा , राम्चे र टेकानपुरका धेरै परिवारको पीडा हो यो । दशा बाजा बजाएर आउँदैन भने झै यहाँका बासिन्दामाथि पनि मध्यराति यस्तै बज्रपात भयो ।
पहिरोमा हराएका बेपत्ताहरुलाई सरकारले मृत घोषणा गरिसकेको अवस्थामा घटनाबाट बच्न सफल भएकाहरुका दर्द र पीडा दिनप्रतिदिन बढ्दै गएको छ । बस्ने बास छैन् । खाने ठेगान छैन । आफन्तको यादले मन भक्कानिए पनि रुदाँ रुदाँ आसु सकिएपछि आसुँसमेत बग्न छाडेकाे छ । यस्तो अवस्थामा सरकारले जति ध्यान दिनुपर्ने हो त्यो केबल बोलीमै मात्र सीमित बन्न पुगेको गुनासो पीडितहरुको छ ।
पहिरो गएको एक झण्डै एकसाता बितिसक्दा समेत प्रधानमन्त्री सुशील कोइरालाले घटनाथलसम्म पुगेर पीडितहरुप्रति सहानुभुति दिने काम गरेका छैनन् । काठमाण्डुबाट मांखा जान हेलिकोप्टरमा जम्मा १५ मिनेट लाग्छ ।
नेपाल समाचारपत्रबाट