सरकारले भिसा नदिएपछि बैंककमा पारसलाई जरिवाना

काठमाण्डु टुडे २०७१ साउन २३ गते १:४२ मा प्रकाशित

काठमाण्डु, २३ साउन–पूर्वयुवराज पारसले ओभरस्टे गरेबापत जरिवाना स्वरुप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको छ ।

parasसरकारले बिहीबार प्रवेशाज्ञा नथपिदिएपछि कानुनविपरीत बसेकामा उनले जरिवानास्वरप दैनिक ५ सय भाट तिर्नुपर्ने भएको हो

।  थाइल्यान्डको कानुनअनुसार ओभर स्टे गर्ने जो सुकैलाई दैनिक ५ सय भाट जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

बुधबार नै भिसा थप्न  निवेदन दिए पनि अदालतको पत्र नआएको भन्दै सरकारले भिसा दिन आनाकानी गरेपछि  पारस जरिवाना तितेर बस्न लागेका हुन् ।

नेपाल समाचारपत्र दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us