राजधानीका गुण्डा नाइके उच्च निगरानीमा

काठमाण्डु टुडे २०७१ साउन २३ गते १:३६ मा प्रकाशित

काठमाण्डु, २३ साउन–प्रहरीले राजधानीका अन्य गुण्डामाथि निगरानी बढाइरहेको छ ।

गुण्डा नाइके दिनेश अधिकारी चरी प्रहरीसँगको मुठभेडमा मारिएको भोलिपल्ट बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अरु गुण्डामाथि पनि प्रहरीले निगरानी बढाइरहेको बताएका हुन् ।

राजधानीमा गुण्डागर्दी मौलएको उनको दाबी छ । फरार अपराधी खोज्ने प्रक्रियामा उपत्यकामा ठूलो संख्यामा प्रहरी टोली खटिएको उनको भनाइ छ । कार्कीले निगरानी बढाइएका अन्य गुण्डाको नाम भने खुलाउन चाहेनन् ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us