संघीयताबारे अतिवादी विचार गलत: एमाअोवादी

काठमाण्डु टुडे २०७१ साउन २३ गते १:२८ मा प्रकाशित

काठमाण्डु, २३ साउन–एमाओवादीले संघीयताका विषयमा अतिवादी विचारले संविधान निर्माणमा असर गर्ने बताएको छ ।

संघीयताबारे maoist flagआधिकारिक धारणा बनाउन तयार पारेको दस्तावेजमा अतिवादी विचारको विरोध गरिएको छ ।

एमाओवादीले पहिचानसहितको संघीयतामा अडान राख्दै आए पनि यसबारे अतिवादी विचारले संविधान निर्माण धरापमा पर्ने बताएको छ ।

जातीय, क्षेत्रीय मोर्चा प्रमुख गोपाल किराँतीले तयार पारेको दस्तावेजमा संविधान र शान्ति प्रक्रिया निशष्कर्षमा पुर्‍याउन पहिचान र अधिकारलाई अस्वीकार गर्ने, जाती, समुदाय र क्षेत्रलाई मात्र केन्द्रमा बनाउने दुवै विचार गलत भएको निष्कर्ष निकालिएको छ ।

उत्पीडित आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित र महिलाको नामै सुन्न नसक्ने, उनीहरुको पहिचान र अधिकारको न्यायापूर्ण आन्दोलनमाथि धावा बोल्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रको सारतत्वको विरोध गरेर एकात्मक हिन्दू राज्य फर्काउने चरम अहिष्णु र घोर प्रतिगामी राष्ट्रिय अतिवाद हो, केन्द्रीय सस्यलाई अध्ययनका लागि दिएको दस्तावेमा उल्लेख छ, समग्र संघीय गणतन्त्रको ख्यालै नगरी केवल आफ्नो जाति समुदाय र क्षेत्रलाई केन्द्र बनाउने (एक मधेश एक प्रदेश, नौ जिल्लाको लिम्बुमान, सुनकोशी मेची जोड्ने, अखण्ड ताम्सालिङ, अखण्ड सूदूपश्चिम आदि) नारा लिएर जनताको विरुद्ध जनता भिडाउने साम्प्रदायिक भिडन्तको डढेलो सल्काउने खराब तत्वको मातियार बन्ने, सहमतिद्वारा राज्यको संघीय पुनर्सरचना गर्नुपर्ने वस्तुगत यथार्थलाई नजरअन्दाज गर्ने, विगत शासक जातिले जसरी पनि एक जातीय हैकम थोपरेजस्तै एक जातीय हैकम दोहोर्‍याउन खोज्ने स्थानीय जातीय अतिवाद हो ।

कान्तिपुर दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us