काठमाण्डु , २२ साउन – नेपाल विद्युत प्राधिकरणले सातामा ६० घण्टा लोडसेडिङ हुने जनाएको छ ।
साउन २४ शनिबारदेखि तालिका कार्यान्वयन हुनेछ ।
सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले त्यस क्षेत्रमा उत्पादन हुने ५७ मेगावाट विद्युत उत्पादन रोकिएकाले लोडसेडिङ बढ्न गएको प्राधिकरणले जनाएको हो ।
प्राधिकरणका अनुसार अब सातामा तीन दिन ९ घण्टा, २ दिन ७ घण्टा, एक दिन १० घण्टा, एक दिन ८ घण्टा विजुली जानेछ ।