काठमाण्डु , २२ साउन – काँग्रेस नेता शेखर कोइरालाले सत्ता साझेदार एमालेलाई सरकारमा बस्न मन नभए निस्केर जान बाटो खुला रहेको बताएका छन् ।
बिहिबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले यस्तो बताएका हुन् । सरकारमा बस्ने अनि काँग्रेसलाई गालीगलौज गरेर ‘कटुवाल’ प्रवृत्ति नदेखाउन पनि उनले आग्रह गरेका छन् ।
सत्ता समिकरणमा खलल पुग्ने खालका दाहोरो अर्थ लाग्ने कुरा गर्दै हिडेर आफ्नै तौल नघटाउन उनले सुझाव दिएका छन् ।
उनले एमालेले नामको सूची नबुझाएका कारण २६ सभासदको मनोनयनमा ढिलाई भएको दावी गरे ।
एक फरक प्रसङ्गमा उनले.भारतीय प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धले नयाँ उचाई लिएको बताए ।
राष्ट्रिय महत्वका विषयमा सबैको सहमतिमा सन्धि–सम्झौता गर्नुपर्नेमा जोड दिए ।