काठमाण्डु , २२ साउन – व्यवस्थापिका संसदमा डन दिनेश अधिकारी ‘चरी’ हत्याको सत्य तथ्य जानकारी गराउन सभामुख सुवासचन्द्र नेम्वाङले गृहमन्त्रीलाई रुलिङ गरेका छन् ।
धादिङका सभासद राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, गुरु बुर्लाकोटीले चरी हत्या प्रहरीले सुनियोजित गरेको भन्दै जवाफ मागेका थिए ।
उनीहरुले चरी हत्याबारे यथार्थ नआए संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले गृहमन्त्रीलाई शुक्रवारको बैठकमा यसबारे यथार्थ जानकारी गराउन रुलिङ गरेका हुन् ।