पृथ्वीनारायण शाहको नाममा पूर्वका नौ जिल्ला बन्द

काठमाण्डु टुडे २०७१ साउन २२ गते ५:३१ मा प्रकाशित

सुनसरी–२२ साउन– राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको छ ।

बन्दका कारण पूर्वपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा यातायातका साधन चल्न सकेका छैनन् । बन्दले बजार–पसल, शिक्षणसंस्था, र कलकारखाना ठप्प छन् ।

विक्रम संवत १८३१ सालमा आजैकौ दिन अर्थात साउन २२ गते पृथ्वीनारायण शाहले लिम्बुवान क्षेत्र नियन्त्रणमा लिएपछि लिम्बुवानसँग कर उठाउनका लागि किपटको व्यवस्था गरिएको थियो ।

त्यसअनुसार करको १६ आनामध्ये ६ आना लिम्बुवानले राख्ने र १० आना सरकारलई बुझाउने सम्झौता भएको थियो ।

२०२१ सालमा राजा महेन्द्रले भूमिसुधार लागुगरेपछि किपट व्यवस्था समेत खोसिएको विरोध स्वरुप हरेक वर्ष लिम्बुवानले बन्द आह्वान गर्दै आएको छ ।

पूर्वका झापा, मोरङ र सुनसरी पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङखुवासभा, भोजपुर, जिल्लामा वन्दको प्रभाव परेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us