काठमाण्डु, २२ साउन– सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले थुनिएको सुनकोसी नदी खुलाउन नेपाली सेनाले आज पनि पहल जारी राखेको छ ।
गत शनिबार गएको पहिरोले थुनिएको नदी खुलाउनृे प्रयास जारी रहे पनि प्रयास अझै सफल हुन सकेको छैन । सेनाले बम विष्फोट गराएर नदी खुलाउने प्रयास गर्दै आएको छ ।
थुनिएको नदी एकपैटक बगेर थप क्षति पुग्न सक्ने भन्दै नदी किनारका बासिन्दा त्रासमा छन् ।
ठुलो बिष्फोट गराउँदा एकैपटक धेरै पानी बगेर ठूलो क्षति पुऱ्याउन सक्ने भएकाले सचेततापूर्वक पानी निकास गर्ने पहल भइरहेको नेपाली सेनाले जनाएको छ ।
सिन्धुपाल्चोकको माङमा जुरेमा गत शनिबार भएको भीषण पहिरोले१ सय ५६ जनाको मृत्यु भएको थियो । यस्तै चार सयभन्दा बढी विस्थापित भएका छन् ।