सात सहसचिवको सचिवमा बढुवा

काठमाण्डु टुडे २०७१ साउन २२ गते ३:२१ मा प्रकाशित

काठमाण्डु, २२ साउन– काठमाण्डु, २२ साउन सरकारले सात सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले रिक्त स्थानमा पदपूर्ति गर्दै सहसचिवलाई सचिवमा बढुवा गरेको हो बढुवा हुनेमा नरबहादुर रजवार, उत्तम भट्टराई, अर्जुन कार्की, महाश्रम शर्मा, दिपेन्द्रराज शर्मा, विष्णु लम्साल र शरदचन्द्र पौडेल छन् ।
बैठकले वरिष्ठ चलचित्रकर्मी निर शाहलाई नेपाल टेलिभिजन सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us