काठमाण्डु, २२ साउन– प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले व्यवस्थापिका–संसदमा विनियोजन
विधेयकमाथिको छलफल हुन नदिने भएको छ ।
एमाओवादीका प्रमुख सचेतक गिरिजारमणि पोखरेलले सरकारले आफूरुका माग सम्बोधन नगरेका कारण संसद बैठक अवरुद्ध गर्ने बताए ।
माओवादीले सरकारले टालटुले हिसाबले बजेट ल्याएको, द्वन्द्व पीडित, घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक बजेट विनियोजन नगरेको, हुलाकी सडकलगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेकाले ती विषय सम्बोधन गर्न माग गर्दै आएको छ ।
संसद बैठक सुचारु गराउने प्रयासमा दलहरुबीच हिजो भएको छलफलमा सहमति नभएपछि माओबादीले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको हो ।
बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ । की सडकलगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेकाले ती विषय सम्बोधन गर्न माग गर्दै आएको छ ।
संसद बैठक सुचारु गराउने प्रयासमा दलहरुबीच हिजो भएको छलफलमा सहमति नभएपछि माओबादीले संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको हो । बैठक अपराह्न १ बजेका लागि बोलाइएको छ ।