चरी मारिएको विरोधमा राजधानीमा प्रदर्शन

काठमाण्डु टुडे २०७१ साउन २१ गते १४:५९ मा प्रकाशित

काठमाण्डु,  २१ साउन– प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विरोधमा उनका chari samarthakसमर्थकले राजधानीमा प्रदर्शन गरेका छन् ।
चरीको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल ल्याउँदै गरेको थाहा पाएपछि उनका समर्थक महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्राङ्गणमा जम्मा भएर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले प्रहरी प्रशासनको विरोधमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । नियन्त्रणमा लिन सक्ने अवस्था हुँदाहुँदै प्रहरीले नक्कली मुठभेडको नाममा चरीको हत्या गरेको आरोप उनको छ ।
गस्तीमा रहेको प्रहरी टोलीमाथि जाइलागेका चरीको धादिङ र काठमाण्डुको सीमानामा पर्ने भीमढुंगामा बुधबार अपराह्न प्रहरीको जवाफी कारबाहीमा ज्यान गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us