ढकालले भने , ‘कोइराला नभएकै कारण हटाइयो’

काठमाण्डु टुडे २०७१ साउन २१ गते १३:४३ मा प्रकाशित

काठमाण्डु , साउन २१ – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइलाका निवर्तमान स्वकिय सचिव लक्ष्मण ढकालले आफू कोईराला नभएकै कारण गलहत्याइएको बताएका छन् ।

laxकोइरालाको छोरा नभएकै कारण आफूलाई बालुवाटारबाट अपमानजनक ढंगले हटाईएको ढकालले बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ढकालले कोइरालासंग आफ्नवो सम्बन्ध विगार्न कोइराला परिवारका व्यक्तित्वहरु हावी भएकै कारण प्रधानमन्त्रीलाई समेत गुमराहमा राखि आफूलाई स्वकिय सचिवबाट हटाईएको हुनसक्ने बताएका छन् । उनले भने–सत्ता र शक्तिका दलालहरुका कारण आफू बाहिरिने अवस्था आएको हो । प्रधानमन्त्रीलाई बद्नाम गर्ने तत्वहरु अहिले बालुवाटारमा हावी छन् ।

ढकालले हिजो पार्टी कमजोर र संकट भएको वेला सात समुन्द्रपारी भएका व्यक्तिहरु आज पार्टी सत्तामा भएको वेला प्रधानमन्त्रीको वरिपरि हावी भएको बताउँदै भने–बालुवाटारमा कस्ता परिवार आएर बसेका छन् । तपाईहरु आँफै अनुमान लगाउन सक्नुहुन्छ ।

ढकालले घुमाउरो पारामा मृदुला कोइराला लगायतका व्यक्तिहरु बालुवाटारमा हावी भएकोले प्रधानमन्त्री शुशिल कोइरालापनि त्यही घेराबन्दीमा परेको आरोप लगाए । ढकालले थपे–शुशिल कोइराला प्रधानमन्त्री भए लगत्तै घर बनाउने, धन आर्जन गर्नेहरुको लाम अहिले बालुवाटारमा लागेको छ । मैले त दलाल प्रवृत्तिका मान्छेहरुबाट प्रधानमन्त्रीलाई टाढा राखेको थिए ।

६ गते नै अमेरिकाको लामो उपचारपछि नेपाल आएका प्रधानमन्त्रीलाई स्वकिय सचिवबाट हटाईएको जानकारी पाएपछि मात्रै भेट्न पाएको जानकारी दिँदै ढकालले भने–आफूलाई हटाईएको बारेमा प्रधानमन्त्रीसँग प्रश्न सोध्दा उहाँले जानकारी नै नभएको बताउनुभयो । ढकालले आफ्नै स्वकिय सचिवलाई हटाउँदा पनि प्रधानमन्त्रीलाई जानकारी नहुनु भनेको लाजमर्दो कुरा भएको बताउँदै देश कसले चलाईरहेको छ भन्ने आशंका पैदा भएको पनि बताए ।

प्रधानमन्त्रीसँग भेटेपछि बुधबार मात्रै तपाइको आवाश्यकत्ता नरहेको भन्ने आशयको अवकाश पत्र कोइरालाले थमाएको ढकालले जानकारी दिए । यद्धपि ढकालले आफूले फेरि पनि कोइरालाको मन जित्ने दावी गरे ।

पत्रकारहरुको जिज्ञासामा ढकालले आफू यसरी बाहिरिनुपर्ने अवस्था आउला भनेर कहिल्यै नसोचेको बताए । उनले भने–११ बर्षदेखि एउटा त्यागी निष्ठावान नेताको सहयोगीको रुपमा काम गरें, तर मैले यस्तो अवस्था आउला भनेर कहिल्यै पनि सोचेको थिइन् । तर सरकारमा पुगेपछि भने यसको आभास मैले पाएको थिएँ । ढकालले थपे–सहयोगीको रुपमा ११ बर्षदेखि काम गर्दाको अनुभवले मलाई के भन्छ भने आफूमाथि षड्यन्त्र भएको नै थियो तर मैले त्यस्ता षडयन्त्रहरुलाई चिर्दै आएको थिएँ । हाल आएर म असफल भएँ ।
यद्धपि ढकालले आफूलाई हटाईएपनि पार्टीको काममा निरन्तर लागीपर्ने र जनताको मन जित्ने विश्वास व्यक्त गरेका छन् । उनले भने–मेरो पनि नेपाली काँग्रेसमा लामो योगदान छ । दुई दशकदेखि पार्टीको सेवामा छु । त्यसैले पार्टीको हरेका अभियानमा सरिक हुनेछु ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us