पूर्वकारागार नाइकेले कुटे कैदी

काठमाण्डु टुडे २०७१ साउन २१ गते ८:५४ मा प्रकाशित

पर्वत, २१ साउन – पर्वत जिल्ला कारागारमा गएराति कैदी बन्दीका बीचमा झडप हुँदा आठ घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।

कारागारमा झडप हुँदा कैदीका नाइके आनन्द केसी, चौकीदार ज्ञानु पाइजा, प्रेम तामाङ, लीला खोर्जा, रत्न न्यौपाने, अमृत न्यौपाने र विक्रम सुवेदीसहितका घाइते भएका छन् ।

घाइतेमध्ये आनन्द केसीको अवस्था गम्भीर छ । गम्भीर घाइते भएका आनन्द केसीसहित अमृत न्यौपाने र लीला खोर्जालाई राति नै उपचारका लागि पोखरा लगिएकोे छ भने चार जनाको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सामान्य घाइते भएका एक
कैदी भने उपचारपछि कारागार फर्केका छन् ।

खाना खाएर बसेका कैदीका दुई समूहबीच झडप भएको थियो । कारागारका कैदीका नाइके आनन्द केसी, चौकीदार ज्ञानु पाइजासहितको टोलीसँग आक्रोशित हुँदै आएको अर्को समूहले आक्रमण गरेको थियो ।

नाइके र चौकीदारले दैनिकरुपमा आफूहरुलाई कुटपिट गर्ने, अनावश्यक दबाब दिने र भेद्भाव गर्दै आएको आरोप घाइतेमध्येका प्रेम तामाङले बता
ए ।

नाइकेबाट हटेका विपिन गुरुङ, प्रेम तामाङसहितको आक्रोशित समूहले नाइकेसहितलाई काठका फलेक, दाउराले कुटपिट गरेका थिए । गुरुङ र तामाङसहितको टोली पोखरा कास्की कारागारलगायतका विभिन्न कारागारमा झगडा गरेर पर्वत कारागारमा सरुवामा आएका हुन् ।

बाहिर अकस्मात ठोकठोक भन्ने आवाज आएपछि भित्र पस्दा कैदीहरु एक आपसमा कुटपिटमा उत्रिएको देखेको कारागार सुरक्षा प्रमुख विष्णुबहादुर थापाले जानकारी दिए । पहिले कुनै घटना भएको थिएन अकस्मात कुटपिटमा उत्रिएका हुन् उनले भने ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो भने घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पु¥याएको थियो ।

कारागारको सुरक्षाका लागि प्रहरी निरीक्षक प्रदीप सिंहको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us