काठमाण्डु, २१ साउन– प्रधानमन्त्री सुशील कोइरालाले काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाको दबाबमा स्वकीय सचिवबाट हटाएको खुलासा भएको
छ ।
श्रोतका अनुसार छिमेकी मुलक भारतप्रति ‘कडा रबैया’ अपनाउने गरेको भन्दै सिटौला ढकालसँग रुष्ट थिए । त्यति मात्र होइन, सिटौलाले आफूले सुशील भेट्न खोज्दा पटकपटक ढकालले विभिन्न बहाना बनाएर समय नमिलाउने गरेको गुनासो गर्दै आएका थिए ।
ढकालले आफ्ना विश्वास पात्रहरुसँग सिटौला, अमरेशकुमार सिंह र भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल प्रमुख पर्वत सिंहलाई बालुवाटारको ढोका’ बन्द छ भन्ने गरेका थिए । सिटौला र सिंहले आफूहरुलाई ढकालले अपमान गर्ने गरेको गुनासो पटकपटक सुशील समक्ष गर्दै आएका थिए ।
तर भान्जाका भान्जा भएका कारण सुशीललले लक्ष्मणलाई हटाउन सकेका थिएनन् । कोइरालाले मंगलबार राति ढकाललाई बर्खास्तीको पत्र थमाएका थिए ।
भारतविरोधी छवि बनाएका ढकाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै बर्खास्त गर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
ढकालले आफू निटकाहरुसँग सिटौला र अरेशको डिजाइनमा आफूलाई बर्खास्त गरिएको बताएका छन् । ‘भारतका अगाडि अनावश्यक झुक्नु हुँदैन भन्ने मेरो कुरा हो’, ढकालको भनाइ उद्धृत गर्दै श्रोतले भन्यो, ‘सिटौलाले गुमराहमा पारेर सुशील ‘दा’ लाई भारतको पक्षमा प्रयोग गरे ।’