जुरे पहिरोमा हराइरहेका १ सय २३ मृत घोषित

काठमाण्डु टुडे २०७१ साउन २१ गते ५:५८ मा प्रकाशित

काठमाण्डु, २१ साउन– सिन्धुपाल्चोको माङखा जुरेमा पहिरोमा पुरिएर हराइरहेका १ सय २३ जानालाई मृत घोषणा गरिएको छ ।

pahiro 1प्रमुख जिल्ला अधिकारी गोपलप्रसाद पराजुलीको अध्यक्षतामा बिहान बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले हराइरहेका सबैलाई मृत घोषणा गरेको हो ।

मृत घोषणा गरिएसँगै प्रति मृतक परिवार ४० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको पराजुलीले बताए । शनिबार बिहान गएको पहिरोमा पुरिएर मृत्यु भएका ३३ जनाको यसअघि शप फेला परेको थियो ।

‘घटना भएको पाँच दिन भइसकेका कारण पुरिएकाहरु जिवित रहन सक्ने कुरा भएन’, पराजुलीले भने, ‘हराइरहेका १२३ जनालाई मृत घोषणा गरिएको छ ।’
यसैबीच पहिरो प्रभावित क्षेत्रमा आज पनि बिहानैदेखि उद्धारकार्य सुचार गरिएको छ । उद्धारमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारण  खटिएका छन् ।

काठमाण्डुबाट लगिएको ड्रिल मेशिनले खोपेर पहिरोबाट खसेको पहाडले थुनिएको सुनकोसी नदीको प्रकृतिक बहास सुचारु गरिने परजुलीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us