भजनमण्डलीको भक्त बन्न अस्वीकार गर्दा जंगबहादुर शैलीमा कारबाही गरियो: श्रेष्ठ

काठमाण्डु टुडे २०७१ साउन २१ गते ४:२४ मा प्रकाशित

काठमाण्डु, २१ साउन– एकीकृत माओवादीका निलम्बित पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठले भजनमण्डलीको भक्त बन्न अस्वीकार गरेका ganga shreshthaकारण आफूहरुमाथि जंगबहादुर शैलीमा कारबाही गरिएको आरोप लगाएका छन् ।
असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षधर श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी संस्थापनतर्फ लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् ।

उनले आफूहरुमाथिको कारबाहीले पार्टीलाई एकताबद्ध बनाउने नभई बिखण्डन र विघटनतर्फ लैजाने उल्लेख गरेका छन् । आफ्नो फेसबुक पेजमा श्रेष्ठले लेखेका छन्, ‘भजन मन्डलीको भक्त बन्न अस्वीकार गरेबापत जंगबहादुर शैलीमा हामीमाथि गरिएको कारबाहीले पार्टीलाई एकताबद्ध र रुपान्तरण होइन, विखन्डन र विघटनतिर लैजान्छ । सबैलाई चेतना भया ।’
पार्टी नीति र पद्धतिविपरीत विभिन्न जिल्लामा समानान्तर कमिटी बनाएको आरोपलमा पार्टी स्थायी कमिटीको सोमबारको बैठकले श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।
यस्तै बैठकले भट्टराई पक्षकै टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई बिनाजानकारी तीन पटकभन्दा बढी बैठकमा अनुपस्थित रहको भन्दै स्याथी समितिबाट केन्द्रीय सदस्यमा घटुवा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us