काठमाण्डु, २१ साउन–भारतीय सञ्चारमाध्यमले आफ्ना धर्मपुत्र नेपाली युवक जितबहादुर सारुमगरबारे गलत प्रचार गरेको जनाएका छन् ।

मोदीले १६ वर्षपछि जितबहादुरका परिवारसँग पुनर्मिलन गराएको भन्दै मोदीको दाबी झुठ रहेको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ ।
आइतबार नेपाल भ्रमणमा आएका मोदीले जितबहादुरलाई सँगै ल्याएका थिए । उनले बौद्धस्थित आफू बसेको हायात होटलमा आमा, दाजुसहित परिवारिक सदस्यलाई जितबहादुरको जिम्मा लगाएको फोटो ट्वीटरमा सार्वजनिक गरेका थिए ।
‘मोदीले जितबहादुरलाई १६ वर्षपछि परिवारको जिम्मा लगाएको
दाबी गरेका छन्,’ बीबीसी हिन्दीले लेखेको छ’, ‘तर, सत्य यो हो कि जीतबहादुरले सन् २०१२ मै परिवारसँग भेट गरिसकेका थिए ।’
समाचारमा जितबहादुरको फेसबुक पेज सर्च गर्दा २०१२ मै परिवारसँग खिचेको फोटो राखेको पाइएपछि मोदीको झुठ उदांगो भएको उल्लेख छ । त्यतिबेला जितबहादुर नवलपरासीस्थित घरमा तीन महिना बसेर गुजरात फर्किएको बीबीसी हिन्दीले जनाएको छ ।