काठमाण्डु, २१ साउन– संसद नभएको बेला राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउ आदेश जारी भएर नियुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान
आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई संसदीय सुनुवाईमा ल्याउन लबिङ सुरु भएको छ ।
एकै देशमा दुई तरिकाका नियुक्ति हुने भएकाले एकरुपता कायम गर्न केही युवा सभासद्हरुले त्यसका लागिदलका नेताहरुसँग लबिङ गरिरहेको थाहा भएको छ ।
गत वर्ष प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने गरी बाधाअड्काउ फुकाउ गरी बाधा अड्काउ जारी हुँदा संवैधानिक अंगको नियुक्तिको कुरापनि घुसाइएको थियो ।
तर, पछि संविधानसभाको निर्वाचन भएपछि त्यतिबेला जारीभएका अध्यादेशहरु अनुमोदनका लागि संसदमा ल्याइए पनि संसदीय सुनुवाई गर्नुपर्ने नियुक्तिहरु भने अनुमाेदन गिरएकाे छैन ।
अभियानमा सहभागी एक सभासद्ले भने ‘अब बाँकी रहेका संवैधानिक अंगकापदाधिकारी तथा सदस्य नियुक्त गर्दा सुनुवाई हुन्छ । अनि एउटै निकायमासुनुवाइ भएका र नभएका दुइथरी अधिकारी रहन सक्दैनन् । त्यसैले हामीलेसुनुवाइमा ल्याउनुपर्छ भनेर अभियान चालेका छौं ।’ उनका अनुसार, यसका बारेमा सभामुख सुवास नेम्वाङसँग पनि कुराकानी भइसकेको छ ।
यतिधेरै मोवाइल किन ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनासाथ कार्कीले सीधाजनसम्पर्कमा बस्नका लागि आफ्नो नम्बर नै सार्वजनिक गरेका थिए ।
तर, अहिलेकसैले उनलाई सम्पकै गर्न चाहेमा निकै कटिन छ । प्रतिक्रियाका लागि सम्पर्कगर्न खोज्दा कार्कीका ६ वटा मोवाइलमा प्रयास गर्दा पनि पनि सफल भएन । कार्कीका प्रेस सल्लाहकार ओमबन्धु कार्कीले भने-’सरले आइतबार मोबाइल परिवर्तन गर्नुहुन्छ । पछिल्लो नम्बर मलाई पनि थाहा भएन ।’
बुधबार सात्ताहिकबाट