दाइजो लिए /दिए विवाह नै बदर

काठमाण्डु टुडे २०७१ साउन २१ गते २:१८ मा प्रकाशित

काठमाण्डु, २१ साउन– दाइजो वा तिलक लिने वा दिने गरी भएको विवाह अब बदर हुने भएको छ।

सरकारले ल्याएको सामाजिक सुधार विधेयकमा दाइजो लिएको वा दिएको विवाह नै बदर हुने कडा व्यवस्था गरेको हो।

यसैगरी विधेयकमा विवाहमा नेपाल सरकारको सेवामा बहाल रहेको राष्ट्रसेवकलाई बाजावालको रुपमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

दाइजो नदिएको, रकम दिएको वा दिन कबुल नगरेका कारणले दुलाहा पक्षले विवाह भएपछि आफ्नो साथ लैजान इन्कार गर्न पाइने छैन्। यसको नियम उल्लघंन गर्नेलाई १ लाख रुपैयाँ जरिवाना वा ३ महिना कैद सजायको व्यवस्था समेत विधेयकमा गरिएको छ।

राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us