मोदीलाई माला लगाउने बालिका सुरक्षा नियन्त्रणमा

काठमाण्डु टुडे २०७१ साउन २१ गते २:२५ मा प्रकाशित

काठाण्डु, २१ साउन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै सुरक्षा घेरा पार गरेर फूलको मालापहिर्‍याउने एउटी बालिका सुरक्षाकर्मीको नियन्त्रणमा परेको खुलासा भएको छ ।

Modi_20140804032219विमानस्थलबाट कडा र व्यवस्थित सुरक्षाका बीच मोदीलाई बौद्धस्थित हायातरिजेन्सी होटेल लगिएको थियो ।
नेपाल प्रहरीको बाहिरी सुरक्षा घेरा र त्यसपछि नेपाली सेनाको भित्रीसुरक्षा घेरा, भारतीय निजी सुरक्षा अंगरक्षकको घेरा हुँदाहुँदै सात आठ वर्षकी ती बालिका हातमा माला लिएर मोदीतर्फ दौडिएर गएकि थिइन् । उनको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले ती बालिकालाई रोक्न खोजेकाे थियो ।
सेनाले रोक्दारोक्दै सवारी मन्त्रीको काम गरिरहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ती बालिकालाई बोकेर मोदीतर्फ लगे ।

मन्त्रीले नै बोकेपछि सुरक्षाकर्मी पछि हटेका थिए । मन्त्रीले बोकेकै अवस्थामा ती बालिकाले मोदीलाई माला लगाइदिएकी थिइन् । त्यतिबेला मोदी लबीबाट आफ्ना लागि निर्धारण गरिएको कक्षतिर जाँदै थिए । सुरक्षास्रोतका अनुसार फूलमालाबोकेकी बच्ची मन्त्रीसँग देखेपछि मोदी रोकिएर ‘आइए आइए’ भनेका थिए ।

अन्नपूर्ण पाेष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us