चीनले भन्यो, ‘सिन्धुपाल्चोक पहिरो प्रभावितलाई सघाउन तयार छौं’

काठमाण्डु टुडे २०७१ साउन २० गते १५:०८ मा प्रकाशित

काठमाण्डु, २० साउन- उत्तर छिमेकी चीनले सिन्धुपाल्चोकको माङमा जुरेमा गएको पहिरो प्रभावितलाई सघाउने इच्छा देखाएको छ ।

chinese pm
चिनियाँ प्रधानमन्त्री लि खछ्याङले नेपाली समकक्षी सुशील कोइरालालाई पत्र लेखी सहयोगका लागि तयार रहेको बताएका हुन् ।

चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार लीले पहिरोमा ज्यान गुमाएकाप्रति समवेदना र घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । सरकारले शनिबार उद्धार र राहतमा सघाउन चीन र भारतलाई आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us