
काठमाण्डु, २३ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि एमालेकै सरकार चाहिने बताएका छन ।
आज (शनिबार) झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत गोरखाको आरुघाटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमाले सञ्चालन गरेको यात्राको क्रममा पनि यो कुरा प्रमाणित भएको बताएका छन ।
उनले झुलाघाटदेखि गोरखासम्म आइपुग्दा नेपाली जनताले देखाएको उत्साहजनक सहभागिता र साथ सहयोग प्रति धन्यवाद दिएका छन । उनले एमाले सरकारमा रहँदा विकासको लहर ल्याएको र राष्ट्रिय आत्मविश्वास बढाएको बताएका छन ।
उनले नागरिकका विभिन्न खालका समस्या एमाले सरकारले सम्बोधन गरेको उनले दाबी गरे । देश निर्माणको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताएका छन ।