दाङ , २० साउन – श्रीमतीसंग विवाद गरी आफनै घरमा आगजनी गर्दा रामपुर–२ बस्ने ४५ बर्षीय भिमबहादुर रावतको जलेर मृत्यु भएको छ ।
उनले मङ्गबार श्रीमतीसंग सामान्य विवाद गरी आफु घर भित्र बसी आगो लगाउदा जलेर घटनास्थलमै मृत्यु भएको थियो ।
आगलागीबाट घर पूर्ण रुपमा क्षति भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।