राष्ट्रिय सभा निर्वाचन: २३ पुसमा उम्मेदवारी दर्ता हुने

काठमाण्डु टुडे २०८० मंसिर १७ गते १६:०६ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– ११ माधमा हुने राष्ट्रिय सभा निर्वाचनको लागी २३ पुसमा उम्‍मेदवारी दर्ता हुने भएको छ । राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुनेछ भने यस्तै उम्‍मेदवारले नाम फिर्ता लिने पुस २७ गतेपछि उम्‍मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे हुने आयोगले जानकारी दिएको छ ।

यस्तै उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते विहान १० बजेदेखि १ बजेसम्‍म उपलब्ध गराउने आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us