फिलिपिन्समा शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी

काठमाण्डु टुडे २०८० मंसिर १७ गते ८:५२ मा प्रकाशित

एजेन्सी- फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ ।
फिलिपिन्सको मिन्डानाओमा केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार गएराति १० बजे ७.६ रेक्टरको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले जनाएको छ । भूकम्पको क्षति यकिन नभए पनि ठूलै क्षति भएको अनुमान गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।
भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । फिलिपिन्सको स्थानीय समयअनुसार मध्यरातमा सुनामी आउनसक्ने र चार घण्टासम्म जारी त्यहाँको सिस्मोलोजी एजेन्सी फिवोलक्सले जनाएको छ ।

जापानमा एक मिटर माथिसम्म समुद्री छाल आउनसक्ने चेतावनी जारी गरिएको छ । चेतावनीसँगै दक्षिण–पश्चिमी जापानका तटीय क्षेत्रबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । सुरिगाओ डेल सुर र दावाओ ओरियन्टल प्रान्तका समुद्री किनारका वस्तीलाई तत्काल हटाउन अधिकारीहरुले निर्देशन दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us