महिलाले जन्माइन ४ सन्तान

काठमाण्डु टुडे २०७१ साउन २० गते ७:३६ मा प्रकाशित

रौतहट, २० साउन – जिल्लाको पोठियाही गाविस बस्ने एक महिलाले एकैपटक चम्ल्याहा बच्चालाई जन्म दिएकी छिन् ।

neonatalस्थानीय पोठियाही गाविस–८ बस्ने मधुदेवी यादवले सोमबार पहिलो गर्भबाट दुई छोरा तथा दुई छोरी जन्माएको वीरगन्जस्थित नेसनल मेडिकल कलेजले जनाएको छ ।

नवजात शिशुको तौल ५०० देखि ७०० ग्राम रहेको छ । शिशुको अवस्था चिन्ताजनक रहेकाले सो अस्पतालमा राखेर बच्चाको स्याहार भइरहेको बच्चाका पिता राजेश यादवले बताए ।

उता ती बच्चाको विशेष उपचारमा संलग्न चिकित्सकहरुले सामान्यतया नवजात शिशुको तौल दुई किलोग्राम हुनुपर्नेमा ती बच्चाको तौल कम भएकाले समस्या देखिएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us