कोमल ओलीलाई मातृ शोक

काठमाण्डु टुडे २०८० मंसिर २ गते १२:५० मा प्रकाशित

काठमाण्डु,२ मंसिर– चर्चित गायिका, एमाले नेतृ एवं पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ । उनकी आमा दीपा ओलीको आज ८२ वर्षको उमेरमा काठमाण्डुको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरुले जानकारी दिएका छन । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us