काठमाण्डु, १९ साउन– राप्रपा नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल हिन्दू राष्ट्र हुनुपर्नेमा सकारात्मक रहेको दाबी गरेको छ ।

सोमबार स्वदेश फर्कनुअघि राजधानीको बौद्धस्थित हायत होटलमा आफ्ना अध्यक्ष कमल थापासँग भएको भेटमा मोदीले यस्तो बताएको राप्रपा नेपालका केन्द्रीय सदस्य एवम् सह–प्रवक्ता मोहन श्रेष्ठले काठमाण्डु टुडेलाई बताए ।
आइतबार व्यवस्थापिका–संसदलाई सम्बोधन गर्ने क्रममा भने मोदीले नेपालमा भएको राजनीतिक परिवर्तन आफूहरुका लागि स्वीकार्य रहेको र त्यसमा हस्तक्षेप नगर्ने बताएका थिए ।
श्रेष्ठका अनुसार भेटमा मोदीले नेपाललाई हिन्दू राष्ट्रबाट धर्म निरपेक्ष घोषणा गरिएकामा आफू दु:खी रहेको बताएका थिए ।
‘नेपाललाई धर्मनरिपेक्ष राज्य घोषणा गरिएकामा दु:ख लागेको छ’, मोदीको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘नेपाललाई पुन: हिन्दू राष्ट्र बनाउन हाम्रो तर्फबाट सकारात्मक सहयोग हुन्छ ।’
संसद बैठकमा दिएको घाषणमा गणतन्त्र र संघीयता स्वीकार गरेको भन्दै थापाले मोदीसमक्ष असन्तुष्टि जनाएका थिए । मर्धनिरपेक्षता कि हिन्दू राष्ट्र, गणतन्त्र वा राजासहितको प्रजातन्त्र र संघीयताकाबारे स्पष्ट दुई धार रहेकाले बहसमा रहेको विषयमा नबोल्न मोदीलाई सचेत गराइएको श्रेष्ठले बताए ।
एउटा धारको नेतृत्व आफूले र अर्को धारको नेतृत्व तीन लदीय सिण्डिकेटले गरिरहेको भन्दै नजिकको छिमेकीको नाताले थापाले एक पक्षको कुरा सुनेर धारणा नबनाउन आग्रह गरेका थिए ।
‘गणतन्त्र र संघीयताका नेपालमा दुईवटा राजनीतिक धरा छन्, एएटाको नेतृत्व राप्रपा नेपाल र अर्को को नेतृत्व तीन दलीय सिण्डिकेटले गरेको छ’, थापाको भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘महत्वपूर्ण छिमेकीले उएटा मात्र पक्षको कुरा सुनेर बोलिदिनुभएन ।’
यस्तै भेटमा नेपालमा परिवर्तनले महाकारीको रुप लिइरहेको र भविष्यमा भारतमा पनि सो रोग सर्न सक्ने विषयमा मोदीलाई सचेत गराएको उनले जनाए । जवाफमा उक्त विषयमा आफू जानकार रहेको र उक्त विषयलाई आफूले गम्भीर रुपमा लिएको बताएका थिए ।