यस वर्ष काठमाण्डु महानगरमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १३:२० मा प्रकाशित

काठमाण्डु, २४ कातिक– काठमाण्डु महानगरपालिकाभित्र यस वर्ष राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।

विगतका वर्षहरूमा राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने व्यवस्था गरिएको थियो ।

तर, यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरले जानकारी दिएको छ । कोरोना महामारी तथा सुरक्षाको कारण विगतका वर्षहरूमा देउसी भैलो खेल्न समय छोट्याइएको थियो ।

राति १ बजेसम्म देउसी खेल्दा सुरक्षाकमो लागि पेट्रोलिङको व्यवस्था मिलाइएको महानगरले जानकारी दिएको छ ।

सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेल्न काडमाण्डु महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अनुरोध गरेका छन ।

महानगरले प्रहरी र स्थानीय प्रशासनलाई समेत सोही आधारमा सुरक्षा प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us