पाल्पामा टिपर दुर्घटना, १ जनाको मृत्यु, ३ जना घाइते

काठमाण्डु टुडे २०८० कार्तिक २२ गते १५:५३ मा प्रकाशित

पाल्पा, २२ कातिक– पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ बस्ने १९ वर्षकी दिलकुमारी आले रहेकी छन । बुधबार भएको सो दुर्घटनामा परेर अन्य ३ जना घाइते भएका छन् ।

पाल्पाको निस्दि गाउँपालिका ७ स्थित ज्यामिरे अरुणखोला भित्री कच्ची सडकमा चुनढुङ्गा लिएर आएको लु २ ख ५२९ नम्बरको टिपर ब्रेक फेल भई दुर्घटना हुँदा पाल्पाको पूर्वखोला गाउँपालिका २ बस्ने १९ वर्षकी दिलकुमारी आलेको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा पाल्पाको निस्दि गाउँपालिका वार्ड ७ की २५ वर्षकी हिमाली आले, चालक मकवानपुर जिल्ला मनोहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौँडा नगरपालिका ९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

घाइतेहरूलाई थप उपचारका लागि नवलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us