
काठमाण्डु, २१ कातिक– हुम्लमा तुइन चढ्ने क्रममा कर्णाली नदीमा खसेर बेपत्ता भएका एक जना मृत अवस्था भेटीएका छन ।
सर्केगार्ड गाउँपालिका–२ ल्याप्चेस्थित कर्णाली नदीमा सोही ठाउँस्थित कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगु सोरु गाउँपालिका–५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।
कर्णाली करिडोरमा काम सकी कोठामा जाँदै गर्दा तुइन चढ्ने क्रममा तुइनबाट खसेर कर्णाली नदीमा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सर्केदेउबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ ।