युएइमा रोजगार गर्नेहरुले पत्रकारलाई सम्मान गर्ने

काठमाण्डु टुडे २०७१ साउन १८ गते ८:४७ मा प्रकाशित

मोरङ – मोरङको पथरीबाट रोजगारीका सिलसिलामा संयुक्र अरब इमिरेट्स(युइइ) पुगेका युवाले हरेक वर्ष एक क्रियाशील पत्रकारहरुलाई सम्मान गर्ने भएका छन् ।

युएइमा रहेका पथरीका युवाले स्थापना गरेको पथरी युवा समाजले मोरङको २ नम्बर निर्वाचन क्षेत्रमा क्रियाशील पत्रकारिता गर्ने एक पत्रकारलाई हरेक वर्ष नगद रु १० हजार राशिको पुरस्कार प्रदान गर्ने भएका हुन् ।

पथरी युवा समाज युएइको साउन १५ मा बसेको बैठकले मोफसलको ग्रामीण क्षेत्रमा बसेर सक्रिय पत्रकारिता गर्ने एक पत्रकारलाई हरेक वर्ष क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष कृष्ण पौडेलले जानकारी गराए ।

उक्त पुरस्कार हरेक वर्ष दसँै र तिहारको अवसरमा पथरीमै प्रदान गरिने छ ।

पुरस्कार छनोट समितिमा नेपाल पत्रकार महासङ्घ युएइका सहसचिव त्रिलोचन कोइराला, नेपाल पत्रकार महासङ्घ मोरङका सहसचिव मोहन भट्टराई, नेपाल पत्रकार महासङ्घ मोरङका सदस्य लोकबहादुर चौहान, पथरी युवा समाज युएइका अध्यÔ कृष्णप्रसाद पौडेल र पथरी युवा समाज युएइ सम्पर्क समिति पथरीका सचिव तारा घिमिरे रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us