भक्तपुरमा चार वटा गाडी ठोक्किए, २५ वर्षीया युवतीको मृत्यु

काठमाण्डु टुडे २०८० भदौ २३ गते १४:१८ मा प्रकाशित

काठमाण्डु, २३ भदौ– भक्तपुरमा चार वटा सवारी साधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श भक्तपुर फ्युल सेन्टर अगाडि गएराति उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका–२ घिमिरे गाउँकी २५ वर्षीया नविना काफ्ले रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए । उनी मोटरसाइकलमा सवारी थिइन् । मोटरसाइकल चालक उनका श्रीमान ३० वर्षीय किरण घिमिरे घाइते छन् । घिमिरेको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

बागमती प्रदेश–०२०२३प२८५९ नम्बरको मोटरसाइकल र विपरीतबाट आउँदै गरेको प्रदेश–३–०२००२प६९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि नजिकै रहेको प्रदेश–३–०२–००२प६९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४११ नम्बरको टेलरमा ठोक्किएको पाठकले बताए ।

बागमती प्रदेश ०२–०२३प २८५९ नम्बरको मोटरसाइकल चालक ओखलढुंगा सुनकोशी गाँउपालिका–४ का ३२ वर्षीय हिरा बडाल पनि घाइते छन् । उनको पनि मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us