
बर्दिया, २२ भदौ– बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भको छ ।
मधुवन नगरपालिका–३ भग्रैया नजिकै पाटे बाघको आक्रमणमा स्थानीय ५५ वर्षीया कली वंशी मगरको ज्यान गएको हो ।
नेपाल–भारत सीमा तथा खाता संरक्षण क्षेत्र नजिक शुक्रबार दिउँसो घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी महिलाको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिए ।
बाघले महिलालाई घिसार्दै जंगलतर्फ लगेपछि खोजी गर्दै जाँदा एउटा हात खाएको अवस्थामा शव भेटिएको शर्माले बताए । यसैबीच डिभिजन वन कार्यालयले घास दाउराका लागि जंगल नजान सर्वसाधारणलाई आग्रह गरेको छ ।