गायक प्रमोद खरेलले प्रतिलिपी अधिकारको मुद्धा जिते

काठमाण्डु टुडे २०८० भदौ २२ गते ८:१९ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– चर्चित गायक प्रमोद खरेलले प्रतिपिली अधिकारसम्बन्धी मुद्धा जितेका छन् ।

जिल्ला अदालत काठमाण्डुले गायक खरेलको पक्षमा फैसला गरेको हो । आफ्ना गीतको प्रतिलिपी अधिकार उल्लङ्घन गरेको भन्दै खरेलले दुई वर्षअघि बिन्ध्यवासिनी म्युजिक कम्पनीकी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी र सञ्चालक सुवास रेगमीविरुद्ध उजुरी दिएका थिए ।

काठमाण्डु जिल्ला अदालतका न्यायाधीश उत्तम सिलवालको इजलासले उनीहरु दुवैलाई प्रतिलिपी अधिकार उल्लंघनको आरोपमा दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला सुनाएको हो । यद्यपि सजाय निर्धारणका लागि भने पुनः सुनुवाइको आदेश भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us