संसदमा अमेरश सिंहको जिकिरः प्रधानमन्त्री पुत्री गंगाका कारण गणतन्त्र नै खतरामा !

काठमाण्डु टुडे २०८० भदौ १२ गते १५:०५ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री गंगा दाहाल राज्यका उच्च तहका सबै बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भन्ने प्रश्न गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले प्रधानमन्त्रीले कुन हैसियतमा गंगालाई उच्च तहका सबै बैठकमा सहभागी गराएको भनेर प्रश्न गरेका छन् । गंगाको त्यस्ता बैठकहरुमा हुने उपस्थितिले गणतन्त्रमाथि नै खतरा उत्पन्न भएको जिकिर उनले गरे । यस्तै उनले काँग्रेस सभापति शेरबहादुर देृवा पत्नी आरजु राणालाई लक्षित गरी पूर्वप्रधानमन्त्री पत्नी कुन हैसियतमा राज्यका उच्च बैठकमा बसिरहेका हुन् भन्ने स्पष्ट गर्न भने ।
गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । ‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?’ सिंहले भने ।

गणतन्त्रलाई कहींबाट खतरा भए चार÷पाँच जना नेता र उनीहरूका छोराछोरीबाट रहेको आरोप उनले लगाए । ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा पुग्न नसक्नुको कारण पनि उनले माग गरे ।

वर्तमान सरकार इतिहासमै कमजोर रहेको भन्दै सिंहले विदेशी हस्तक्षेप निम्याएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us