कुलमान घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग

काठमाण्डु टुडे २०८० भदौ १२ गते १४:१७ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल पदबाट निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले बिजुलीको महशुल असुली गर्न नसकेकाले उनलाई तत्काल निलम्बन गरी कारबाहीको माग गरे । डिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप उनले लगाए ।

‘बिजुली महशुल १० अर्बसम्म नउठाउने प्राधिकरणका कूलमान घिसिङलाई तत्काल निलम्बन गरी कारबाही गर्न जरुरी छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us