अझै भेटिएनन् हराइरहेका डोल्पास्थित ब्यारेकका गुल्मपति

काठमाण्डु टुडे २०८० भदौ १२ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– डोल्पा सदरमुकाम दुनैस्थित सैनिक व्यारेकका गुल्मपति विमल पण्डित अझै सम्पर्कविहीन छन् ।

नन्द बक्स गुल्मका गुल्मपति पण्डित आइतबार साँझदेखि हराइरहेका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले पण्डित मंगलबार बिहानसम्म सम्पर्कमा नआएको बताए ।

पोखरेलका अनुसार पण्डितको मोबाइल लोकेशन आइतबार साँझतिर ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको थियो ।

पण्डितको खोजीमा डोल्पा प्रहरी प्रमुख डिएसपी नवराज बुढाथोकीको नेतृत्वमा प्रहरी सोमबार रातभर पनि पराचालित भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us