सरकारका कामबाट एकथरि मानिस आत्तिएः प्रचण्ड

काठमाण्डु टुडे २०८० भदौ १० गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्य र सुशासनका पक्षमा पछिल्लो समय सरकारले गरेका कामबाट एकथरि मानिस विक्षिप्त भएको बताएका छन् ।
सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको उनले बताए । पार्टीनिकट नेपाल बुद्धिजीवि सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गरे ।

प्रधानमन्त्रीले भने, ‘पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन् । उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन् । त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ ।’

प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us