आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाण्डु टुडे २०८० भदौ ९ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, ९ भदौ– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान् महाशाखाले आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने बताएको छ ।

न्यूनचापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएकाले मौसममा क्रमिक सुधार हुने पूर्वानुमान् महाशाखाको छ । आजदेखि भारी वर्षा हुने छैन भने लगातार पानी पर्ने पर्दैन ।

बिहान कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि केही भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us