विद्युत प्राधिकरणको वितरण केन्द्रमा आगलागी

काठमाण्डु टुडे २०८० भदौ ८ गते १२:१९ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– काठमाण्डुको वनस्थलीस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा आगलागी भएको छ ।

कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाण्डु महानगरपालिकाको दमकलको सहायतामा निभाइएको छ । विद्यत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।

आगो एक घण्टामा नियन्त्रणमा लिइएको प्राधिकरणको जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us