
बारा, ७ भदौ– बाराको चुरियामाईमा बस दुर्घटनापछि भागेका चालक र सह–चालक फत्राउ परेका छन् ।
प्रहरीले उनीहरुलाई भागिरहेका बेला धनुषाबाट पक्राउ गरेको हो ।
काठमाण्डुबाट जनकपुरतर्फ जाँदै गेरको मधेश प्रदेश–०३००१ख७९९४ नम्बरको तीर्थयात्री सवार बस जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिरनजिकै सडकबाट करिब १५ फिट तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ६ भारतीय र एक नेपालीको ज्यान गएको बारा प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।