सशस्त्र प्रहरीका १२ एसपी एसएसपी बढुवा सिफारिस

काठमाण्डु टुडे २०८० साउन ३२ गते १९:३९ मा प्रकाशित

काठमाण्डु, ३२ साउन– सशस्त्र प्रहरी बलका १२ एससी एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समिति बैठकले वरिष्ठता, ज्येष्ठता र कार्यसम्पादनका आधारमा १२ एसपीलाई एसएसपी बढुवा सिफारिस गरेको हो । उनीहरु दोश्रो ब्याच (२०५९ ) मा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेकाहरु हुन् ।

सोही समूहबाट यसअघि १५ जना एसएसपीमा बढुवा भइसकेका छन् । १९ मध्ये १२ जनाको नाम बढुवाका लागि सिफारिस भएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

राजु अर्याल सशस्त्रको महानिरीक्षक भएयता वृत्ति विकासमा ध्यान दिँदै संगठनलाई नीति नियमअनुसार बढुवा हुने गरेको बलले जनाएको छ । साउन महिनामा मात्रै एसएसपीदेखि सहायक हवल्दारसम्म ६ हजार भन्दा बढी कर्मचारीको एकैपटक बढुवा भएको छ।

वर्षौंदेखि वृत्ति विकास रोकिएपछि अर्यालले गृह मन्त्रालयलाई दरबन्दी थपाउन सहमत गराएका थिए । दरबन्दी थप भएसँगै लामो समय एकै दर्जामा रहेका प्रहरी अधिकृतहरुको बढुवाको बाटो खुलेको हो ।

कार्यसम्पादन मूल्यांकन, जेष्ठता, व्यावसायिक क्षमता र नियमावलीको व्यवस्थाका आधारमा बढुवा हुने गरेको बलले जनाएको छ ।

एसएसपी बढुवा सिफारिस हुनेमा एसपीहरु राजेश उप्रेती, गंगाराम श्रेष्ठ, रविनराज कर्णजित, भरत खनियाँ, नेत्रबहादुर कार्की, रमेशकुमार पाण्डे, विकास घिमिरे, तिर्थराज पौडेल, जहरसिंह बुढामगर, नरेन्द्र बम, सूर्यबहादुर सेन ओली र तेजप्रसाद पोखरेल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us