कतार – पिजन ईन्जिनियरीङ्ग प्रोजेक्ट ट्रेडिङग एण्ड जनरल सर्भिस कम्पनीले इस्लाम धर्मावलम्वीहरुको चाड ईद उल फित्रको अवसर पारेर आफ्ना कामदारहरुबीच भलिवल प्रतियोगिता सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत नेपाली , भारतीय , पाकिस्तानी र श्रीलङकाका कामदारहरुको ६ टिम बनाई खेल खेलाईएको थियो । ईद को छुट्टीको अवसरमा उक्त कम्पनीमा कार्यरत ६०० भन्दा बढी कामदारहरुले उक्त खेलबाट मनोरञ्जन लिएका थिए ।
अलखोर र सनैयाका कामदारहरुबीचको भलिबल प्रतियोगितामा छमबहादुर सारुमगरको टिम बिजेता बनेको छ । विजेता बनेको पहिलो टिमलाई नगद पुरस्कार कतारी रियाल १४ सय , ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै दोश्रो डोलराज थापाको टिमले कतारी रियाल १ हजार ५० र तेश्रो माधव मगरको टिमले कतारी रियाल ७०० को नगद पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कार वितरणको कार्यक्रमलाई गोविन्द खड्काले सञ्चालन गरेका थिए ।
पुरस्कार वितरण गर्दै कम्पनीका प्रबन्ध निर्देशक आर.के. शर्माले कामदार र व्यवस्थापन पक्षवीचको घनिष्ठता बढाउन यस भलिबल प्रतियोगिताले सहयोग गर्ने साथै खेलकुदले कामदारको स्वास्थ्यका लागी उत्तिकै महत्व राख्ने बताए ।
उनले स्वास्थ्य तथा अन्य कुनै समस्या परेमा सिधै व्यवस्थापन पक्षलाई जानकारी गराउन आग्रह गरेका थिए । उक्त कम्पनीले विभिन्न देशका १५ सय कामदारलाई रोजगारी दिएको छ ।
विजेता टिमका क्याप्टेन छमबहादुर सारुमगरले गाउँघरका साथीहरुसँगै भलिवल खेलको स्मरण गर्दै खुसी प्रकट गरे । त्यस्तै दोश्रो बिजेता टिमका क्याप्टेन डोलराज थापाले बिदाको अवसर पारेर आयोजना गरिएको यो खेलले कामदारको जिवनमा शारिरिक र मानसिक रुपमा अर्थपुर्ण भुमिका खेल्न प्रोत्साहन मिलेको बताए ।
कार्यक्रमका संयोजक युवराज शर्माले प्रतियोगिता सोचे भन्दा धेरै हद सम्म सफल भएको बताउदै पिजनले आगामी दिनमा फुटबल र क्रिकेटको आयोजना गर्ने आशा प्रकट गरे ।