ट्रकको ठक्करबाट मृत्यु

काठमाण्डु टुडे २०७१ साउन १४ गते १२:२८ मा प्रकाशित

परासी, १४ साउन – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–५ मा बुधबार ट्रकको ठक्करबाट सडकमा हिँडिरहेका एक पैदल यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४३८७ नम्बरको ट्रकको ठक्करबाट कालीकोट शिउना–६ बस्ने १८ वर्षीय विष्णु फडेराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us