भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८० असार १६ गते १२:४४ मा प्रकाशित

काठमाण्डु ,१६ असार- भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका९९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेका छन। सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us