
काठमाण्डु ,१६ असार- रौतहटमा घरमै आमा छोरी मृत फेला परेका छन्। जिल्लाको मौलापुर नगरपालिका९४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्।
उनीहरु झुण्डिएको अवस्थामा मृत फेला सरेको प्रहरीले जनाएको छ। शनिबार बिहान घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको रौतहटका डिएसपी उमाशंकर यादवले बताए।
घटना गए राति तीन बजेको भए पनि हत्या या आत्महत्या यकिन गर्न नसकिएको उनले बताए। माधव नारायण नगरपालिका वडा नम्बर ५ मिठुअवा घर भएका मृतक कविता साहका पिता विजय शङ्कर साहले घटनाबारे जानकारी हुने बित्तिकै घटनास्थल पुगे पनि प्रहरीले आफूलाई घटना स्थलमा जान नदिएको बताए ।
छोरी र ज्वाइँ बिच पटक पटक विवाद हुँदा आफूले मिलेर बस्न दुवै जनालाई सम्झाई बुझाई गरेको बताउँदै कविता पिताले ज्वाइँ धिरेन्द्र साहबाट पटक पटक दाइजो माग्दै आएको बताए। छोरीलाई पटक पटक यही निहुमा कुटपिट गर्ने गरेको उनको आरोप छ।
कविता साहको हत्या भएको बुबाले आरोप लगाएका छन्। घटनापछि कविताकी श्रीमान धिरेन्द्र साह र ससुरा नागेन्द्र साह फरारछन।