
काठमाण्डु, १६ असार– पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा बिहान पहिरो खसेको हो । यसअघि सोही स्थानमा पहिरोका कारण बिहीबारदेखि अवरुद्ध सडक शुक्रबार साँझ सुचारु भएको थियो ।
पहिरो पन्छाएर सडक सुचारु गराउने प्रयास जारी रहेको चितवन प्रहरीले जनाएको छ ।